बहिनी र म

भन्दाभन्दै दशैँ पनि आयो । पहिला पहिला भए दशैँतिहार मनाउन ठुलोबाहरू यता घरमा आउनुहुन्थ्यो । तर अहिले हामी उता घरमा जान्छौं । २०६३ सालदेखि हामी उता घरमा जान थालेक हौँ । म, बहिनी र हजुरआमा चाहिँ दशैँमा दुई रात र तिहारमा एक रात त्यहीँ सुत्छौँ । आमाबा चाहिँ बेलुकी यता घर फर्किनुहुन्छ । बहिनी पनि कहिलेकाहीँ यता घर फर्किन्छिन् । त्यो वर्ष पनि हामीले उतै घरमा दशैँ मनायीँ । भन्दाभन्दै दशैँ बिदा पनि सकियो । अब स्कुल सुरु भयो ।

यस वर्ष पनि हरेक वर्षझैँ बा स्काउटबाट इन्डिया जानुभयो । त्यो वर्ष भने इन्डिया जाने विद्यार्थीहररूमा मेरी बहिनी निष्ठा पनि परेकी थिइन् । पुसको पहिलो हप्तातिर उहाँहरू ईन्डिया जानुभयो १५ दिनका लागि । उहाँहरू इन्डिया गएको बेला जाडो बिदा सुरु हुन २/४ दिनजति बाँकी थियो । म चाहिँ बहिनी नभए पनि स्कुल गइरहेँ । साथीहरूले मलाई खाजा खुवाइदिन्थे । केही दिनपछि जाडो बिदा पनि सुरु भयो । बा र बहिनी नभएको बेला भने घरमा म, आमा र हजुरआमा मात्र हुन्थ्यौँ । केही दिनपछि बा र बहिनी पनि आउनुभयो । माघ २ गते मामाघरमा भाइ (बबिन) को व्रतबन्धको भोज थियो । हामीले मामाघरमा जानका लागि तयारी गर्‍यौँ । बिहान ८ बजेतिर हामी मामाघर गयौँ । खाना खाएर आमाबा भने व्रतबन्ध गरेको घरमा जानुभयो । म चाहिँ यतै घरमा बसेँ । एकछिनपछि आमाबा आउनुभयो । हामी सबै जना लुगा फेरेर ४ बजेतिर भोज भएको ठाउँमा पुग्यौँ । भोज खाएर साँझ ७ बजेतिर हामी स्कुलको गाडीमा भक्तपुर फक्यौँ । बा चाहिँ भोलिपल्ट मात्रै आउनुभयो । भोलिपल्टदेखि भने हाम्रो जाडो बिदा पनि सकियो ।

Profile Image