नमोबुद्धमा पुग्दा

मेरो नाम प्रिता बल्ल हो । मेरो जन्म वि.सं. २०४८ असार ३१ गते तदनुसार सन् १९९१ जुलाई १६ तारिकमा बिहान ६:१५ बजे भएको थियो । मेरो राशी सिंह हो । मेरो घर भक्तपुर वंशगोपाल (तेखाचो) टोलमा अवस्थित छ । मेरो परिवारमा जम्मा आठजना छौँ । ठुलाबा, ठुलीआमा, मेरा बाबा र आमा, दुईजना भाइहरू, एकजना बहिनी र मसमेत गरेर आठजनाको ठुलै परिवार छ । अहिलेसम्म हामी संयुक्त परिवारमा नै बसिरहेका छौँ यद्यपि व्यावहारिक कारणले हामी भान्सा भने अलग गर्ने गरेका छौँ । तर दशै, तिहारलगायस सबै चाडपर्व र गुठीका कार्यक्रमहरूमा हामी तल ठुलाबाकै घरमा जम्मा भएर सम्पन्न गर्ने गर्दछौँ । मेरी हजुरआमाको निधन २०७४ असार २१ गते बुधबार भएको थियो । मेरा बाबा भक्तपुरकै एभरेस्ट स्कुलमा एकाउन्टेन्टको काम गर्नुहुन्छ । उहाँ स्काउटमा पनि त्यत्तिकै सक्रिय हुनुहुन्छ । सूर्यविनायकमा पनि हाम्रो अर्को घर छ, जहाँ मेरा ठुलोबा, ठुलीआमा र भाइहरू बस्छन् । हामी भने माथि पुरानै ठाउँमा बस्ने गरेका छौँ । मेरो पारिवारिक अवस्था यस्तो छ ।

Profile Image