इच्छाशक्ति र शब्दको सङ्गम: प्रिता बल्ल

“ह्विलचियरको सीमालाई जितेर, खुट्टाका औँलाहरूले साहित्यको आकाश कोर्ने एक साहसी स्रष्टा।”

मस्तिष्क पक्षघात (Cerebral Palsy) को शारीरिक चुनौतीलाई जितेर, मोबाइलको सानो स्क्रिनमा आफ्ना खुट्टाका औँलाले एक-एक अक्षर टाइप गर्दै साहित्य सिर्जना गर्ने एक साहसी स्रष्टा। प्रिताको यो यात्रा केवल शब्दहरूको संकलन मात्र होइन, यो अटुट साहस र कहिल्यै नहार्ने आत्मविश्वासको एउटा जीवित उदाहरण हो।

Portfolio Hero Image

मेरो बारेमा

Profile Image
नमस्ते

प्रिता बल्ल

म प्रिता बल्ल, अवसरको खोजीमा शारीरिक अक्षमतालाई चुनौती बनाउँदै अघि बढेको यात्रा प्रस्तुत गर्न लागि यस वेबसाइटमा स्वागत छ। यहाँ म आफ्नो जीवनका अनुभव, उपलब्धिहरू, र सामाजिक कामहरू बाँड्दै आएका छु – आशा छ तपाईंलाई प्रेरणा मिलोस।

नाम प्रिता बल्ल
जन्मितिमः वि.सं. २०४८ असार ३१ गते
माता रामेश्वरी कर्माचार्य बल्ल
पिता पवन कुमार बल्ल

कृतिहरू

सुभकामना संदेश

मेरी ताता

ताताले मलाई जीवनमा हाँस्न, लड्न र अगाडि बढ्न सिकाउनुभयो । उहाँको आत्मबल नै मेरो अडान बनिरह्यो । दुनियाँले जे–जस्तो दृष्टिले हेरे पनि, सम्बन्धको गहिराइ मैले महसुस गरेकी छु । अरूका लागि प्रिता जे भए पनि मेरा लागि त प्रिता सधैँ मेरो प्रेरणाकी स्रोत केवल ‘मेरी ताता’। यिनै मेरी ताताले आफ्नो दैनन्दिनीय जीवनका आरेखहरूलाई अक्षरमा सजाएर यो पुस्तक तयार पार्नुभएको छ । यसमा गम्भीर साहित्यक सिद्धान्तमा आधारित लेखन नहोला तर यो एउटा जीवनदर्शन भने अवश्य हो भन्ने ठानेकी छु ।

निष्ठा बल्ल

बहिनि

आश्चर्यको पुलिन्दा

छोरी प्रिताद्वारा लिखित दैनिकी एकीकृत गरी तयारर गरिएको यस पुस्तकको अध्ययन गर्दा विभिन्न घटना, परिघटना तथा कतिपय सन्दर्भहरूको सम्झना ताजा हुनुका साथै विभिन्न ठाउँको भ्रमणको वर्णन आउँदा उक्त स्थानहरूमा हामी आफैँ पुगेको अनुभव हुँदो रहेछ । छोरीलाई यस पुस्तक प्रकाशनका लागि मुरी मुरी बधाई दिँदै आगामी दिन यसरी नै अन्य विधामा लेखन तथा पुस्तक प्रकाशनमा सफलता हासिल हुन सके भनी पुनः शुभकामना दिन्छु । छोरी प्रिताको सुस्वाथ्य र उत्तरोत्तर प्रगतिको कामनासहित परिवारका सम्पूर्ण सदस्यबाट सदाझैँ आवश्यक साथ सहयोग रहनेमा विश्वास दिलाउँदै यो लेखाइ अन्त गर्दछु । धन्यवाद !

ध्रुवप्रसाद बल्ल

ठुलोबुवा

एउटा अदम्य साहसको नाम

"मस्तिष्क पक्षघात (Cerebral Palsy) का कारण शरीरका अङ्गहरूले साथ नदिए पनि प्रिताको मस्तिष्क र सिर्जना कहिल्यै थाकेनन्। ८ वर्षको निरन्तर साधना र खुट्टाका औँलाले मोबाइलमा टाइप गरेर लेखिएका हजारौँ शब्दहरू आज दुईवटा ओजिलो पुस्तकका रूपमा तपाईँमाझ छन्। यो केवल साहित्य होइन, यो एउटा जिजीविषाको प्रमाण हो।"

pritaballa@gmail.com
+977 9840208255
भ.न.पा.-३, तेखाचो, भक्तपुर
Loading
Your message has been sent. Thank you!